बिनोद अधिकारी // जाग्रेब क्रोएशिया ,May 31

गैरआवसीय नेपाली संघ क्रोएशियाले सगरमाथा दिवस मे 29 लाई लक्षित गर्दै मे 28 मा क्रोएशियाको राजधानीमा कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा केही क्रोएशियाका राष्ट्रिय मिडियाहरुको उपस्थिति थियो सोही कार्यक्रममा केही संस्थाका व्यक्तिहरुले अभिव्यक्ति राखेका थिए।

NRNA को कार्यसमितिमा रहेका एक सदस्यले~ “नेपालका नेपाली कामदारहरुले नेपालमा जागिर पाउन सक्दैनन् जागिर पाए ठुलो पारिश्रमिक छैन, नेपालको अधिकतम तलब 100 देखि 150 यूरोसम्म छ , 100 यूरोले नेपालीहरुले केहि गर्न सक्दैनन् उक्त तलबले जीवनयापन गर्न सक्दैनन् त्यसैले नेपालीहरु युरोप  आउँछन् भन्ने अभिव्यक्तिले ” यतिबेला राष्ट्र र राष्ट्रियतामा गम्भीर प्रहार भएको भनेर सार्वजनिक प्रश्न उठेको छ ।

“नेपालमा श्रम गरेर जीवनयापन गर्ने सम्पूर्ण नेपाली श्रमजीवि वर्गमाथि गरिएको अपमान हो । राष्ट्रमा श्रम गरेर राष्ट्रको हित तथा विकास चाहाने हरेक श्रमजीवि वर्ग माथिको मनोवृत्ति एवं मनोभावनामा दखल पुर्याउने अभिव्यक्ति हो भन्ने आरोप जनस्तरमा उठेको छ ।”

   यस्ता किसिमको अभिव्यक्ति राष्ट्रिय टेलिभिजनमा प्रसारण भइरहँदा क्रोएशियामा रहेका अनुमानित 12,000 नेपालीहरु माथि असर पर्न सक्ने र साथै स्थानीय कम्पनीहरुले यस्ता अभिव्यक्तिलाई आधार बनाएर काम ,व्यवहार र तलबमा परिवर्तन सम्मको असर पर्नसक्ने गम्भीर खतरा बढेर जान्छ। सार्वजनिक पद धारण गरेको व्यक्तिबाट सार्वजनिक चासोको विषयहरुमा बोल्दा सिंगो संस्थामाथि गम्भीर प्रश्न उठ्न सक्छ। संस्था संचालनको जिम्मा पाएका व्यक्तिहरूले संस्थाको मर्यादाको पनि ख्याल नराखी विवादित अभिव्यक्ति दिँदा संस्था आचारसंहिताको उल्लंघन तथा नैतिकताको ठूलो प्रश्न खडा हुन सक्दछ।

   नेपाल सरकारले गैरआवासीय नेपाली ऐन 2064 जारी गरी प्रवासी नेपालीहरुलाई कानुनी दर्जा दिएको छ । हालको संशोधित विधानमा नेपाली आप्रवासी कामदारहरूको न्यायोचित अधिकारको प्रवर्द्धन र समर्थन साथै प्रवासी नेपालीहरूको अधिकारको संरक्षण गर्ने भनेर प्रष्ट छ । यस्ता विषयमा ख्याल एवं विचार नपुर्याउने व्यक्तिहरुले संस्था संचालनको बागडोर समाल्दै गर्दा संस्था कुन किसिमले संचालित छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। आगमी दिनमा प्रवासी नेपालीहरुले संस्थासँग कस्तो अपेक्षा राख्ने ?

संस्थामा भएका व्यक्तिहरु माथी बेलाबेलामा व्यवहारिकता नभएको र पद सिमित व्यक्तिहरुमा मात्रै सिमित रहेको भनेर टिकाटिप्पणी आइरहेको हुन्छ। संस्थाको रणनीतिक लक्ष्यहरु के- के हो ? संस्थाको उद्देश्य के -के हो ? जिम्मेवारी के हो ? कर्तव्य के हो ? NRNA संघमा भएका ब्यक्तिहरुलाई यस्ता किसिमका जिम्मेवारीहरुको बेलाबेलामा प्रश्न उठ्ने गर्दछ /

https://danas.hr/videovijesti/vijesti-videa/silva-durga-surya-upoznajte-sve-brojniju-nepalsku-dijasporu-minimalac-kod-nas-je-100-150-eura-3227a94e-ff29-11ed-8fa3-5a170408d9c2?fbclid=IwAR1Yt9nmRIaGzk7NooN_O8Z0n6rjXAxCKkv_HqZnrOjF5-fYu2jOOadMy6A_aem_th_AQcz3xLEa4SZ56Cws4FAR_u9N0LZeGcLqplp_OpyvwDFdFUAP4frOYih5yMtAEzvOf0

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *