बिनोद अधिकारी
क्रोएसिया ,जाग्रेब / may 29,
गैर आवासीय नेपाली संघ क्रोएसिया द्वारा सगरमाथा दिवस (Everest day) may 29 लाई लक्षित गर्दै नेपालीहरुले क्रोएसिया को राजधानी Glavni kolodvor देखि main square Citycenter सम्म ब्यानर र प्लेकार्डसहित पैदलयात्रा साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा 3 सय जना भन्दा माथि नेपालीहरूको सहभागिता थियो , अधिकांश नेपालीहरु नेपाली पोषाकमा सुसज्जित थिए भने हात मा ‘One mountain many stories’ , ‘Top of the world mt Everest 8848.86 m.’ जस्ता प्लेकार्ड लगायत नेपालको झण्डा लिएर र्यालीमा सहभागी भएर प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिपुटि चिफ अफ मिसन – नेपाली दूतावास अस्ट्रिया भियानाका डा. इला मैनाली , अतिथिमा क्रोएसिया NRNA का अध्यक्ष सूर्य बहादुर थिङ ( साइमन लामा ) ,अथितीमा अस्ट्रिया NRNA का भुतपुर्व अध्यक्ष धर्मराज खतिवडा लगायत ब्यक्तिहरुको उपस्तिथि थियो । कार्यक्रमलाई सम्बोधन गर्दै धर्मराज खतिवडाले NRNA संघ कसैले मेरो हो भनेर व्यक्तिगत प्रयोग र व्यक्तिगत स्वार्थका लागि सञ्चालन हुन्छ भने सहन गर्न नसकिने र सामूहिक समस्याहरूमा एकजुट भएर लाग्नुपर्ने बताएका थिए साथै देशहरुमा हुने दुईवटा NRNA संस्था एउटै हुनुपर्छ भनेर जोडदार माग राखेका थिए।
सगरमाथा दिवस सन् 1953 मा सगरमाथा आरोहण गर्ने दुई आरोही नेपाली तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका एडमन्ड हिलारी को ऐतिहासिक उपलब्धीको सम्झनामा May 29 मनाइने बार्षिक उत्सव हो। यी दुई आरोहीको सम्झनामा नेपालीहरुले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ ।