बिनोद अधिकारी , क्रोएशिया जाग्रेब
25 , July
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘United Nations Food Systems-2023 Stocktaking Moment’ मा सहभागि भएर प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।
यसै अवसरमा क्रोएशिया , इटाली , स्पेन ,बेल्जियम , पोर्चुगल ,अष्ट्रिया र आयरल्याण्ड गरी यूरोपका सात देशका नेपाली प्रतिनिधिहरुले सोमबार इटलीको रोममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए , भेटको अवसरमा नेपाली प्रतिनिधिहरुले अ -आफ्ना देशमा भएका समस्या र समस्या समाधानका लागि पहल गरेका थिए साथै नेपाल सरकारले गरेका सकारात्मक काम प्रति विदेशमा रहेका नेपालीहरूको पनि विशेष चासो रहेको र देश बन्ने आत्मविश्वास बढेको भन्दै वर्तमान सरकार एवं प्रधानमन्त्री लाई बधाइ दिएका थिए संगै देशको समृद्धि र विकासका लागि युरोपमा भएका नेपालीहरूको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए भने उक्त भेटमा प्रधानमन्त्रीले पनि युरोपमा भएका नेपालीहरूको समस्यामा आफू समाधानमा लागिपर्ने र देशमा सुशासन ,सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जनाए साथै युरोप तथा विदेशमा भएका नेपालीहरूको महत्वपूर्ण साथ एवम् सपोर्टको आवश्यकता रहेको बताएका थिए ।
क्रोएशिया को तर्फबाट क्रोएशियाका एन आर एन (NRN) हरुले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए :
गैरआवसीय नेपाली संघ क्रोएशिया (NRNA CROATIA ) का अध्यक्ष सूर्यबहादुर थिङ ( साइमन लामा ) तथा क्रियाशील सदस्य एवं सल्लाहकार दावा लामा लगायतको NRN टिमले प्रधानमन्त्रीसँग सोमबार इटलीको रोममा भेटवार्ता गरेका थिए ,उक्त भेटको अवसरमा क्रोएशियामा कन्सुलर विभागको माग राखेका थिए साथै क्रोएशियामा दूतावास तथा कन्सुलर विभाग नहुँदा नेपालीहरूको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण लगाएतका अन्य विविध छेत्रमा समस्या भएको भन्दै प्रधानमन्त्री समक्ष कन्सुलर विभाग को जोडदार माग राखेका थिए।
साथै श्रमिकहरूको विद्यमान अवस्था, सामाजिक सुरक्षा कोषको कार्यान्वयन लगायत विविध विषयमा छलफल तथा समाधानका लागि पहल NRNA क्रोएशियाका टिमले प्रधानमन्त्रीसमक्ष राखेको कुरा अध्यक्ष साइमन लामा ले जानकारी दिए।
साथै क्रोएसियामा भएका समस्याहरूमा प्रधानमन्त्रीको विशेष चासो र गम्भीर भएर समाधानमा लाग्ने हौसला प्राप्त भएको भन्दै साइमन लामा ले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।